Thursday, January 31, 2013

इन्दिरा प्रसांई - रनमाया

~इन्दिरा प्रसांई~

इन्दिरा प्रसांईको भुटानि शरणार्थीको सामाजिक उपन्यास "रनमाया" लिएर आएका छौँ । यस उपन्यासमा लेखिकाले भुटानी सरकारले गरेको ज्यादाती र एउटा सम्ब्रिद्ध नेपाली भाषी परिवारको भोगाई प्रस्तुत गरिएको छ ।
 
यो उपन्यास पढ्नको लागि यहाँ क्लिक गर्नुहोला ।

यस उपन्यासको सानो अंश यस्तो छ

 ‘ए केटी हो ! तिमेरलाई घर जानु पनि पर्दैन र आज यसलाई यत्तिकै घेरेर बस्छौ ! उता ज्वाइँनारान राम्रै छटपटिएजस्तो छ । दाजु चाहिँ पनि बढै बोल्दैन, म बूढी के बोलूँ, उहाँ निराश हुनुभयो होला ।’ बूढी केटीहरू धपाउने सुरमा लागिन् । बूढीले ज्वाइँका कुरा गर्नासाथ उत्ताउलिएका तरुनीहरू खित्का छोडेर हाँसे । ‘जा है रनमाया ! छिटो जा, परैलाई सारो पारिसक्यो रे’ मनमायाले रनमायाको तिघ्रामा चिमोट्दै छिल्लिएर भनी ।

‘छि .... तिमीहरू कस्तो हो, लाजै छैन जे पनि बोल्छौ’ रनमाया लाजले रातीपहेँली भई । आमाको छेउमै मनमायाको वचनले उसलाई कुरिकुरी भएको थियो ।

‘ओहो, ल भइगयो रानीचरी ! अब केको लाज, हामीसँग लाजको नाटक गर्छेस्, उसँग लाज मानेको भए पो, हैन आमा !’ मनमाया आमासँग टाँसिन गई । आमा बूढी पनि धित मरुन्जेल हाँसिन् । यस्ता कुराले उनलाई पनि भित्रैदेखि काउकुती लागेर आयो । झट्ट आफ्नो बिहे, बूढासँग बिताएका क्षण एकएक सबै सम्झिन् उनले । ‘आज बूढा बाँचेका भए उनकै रात पनि त कहाँ बिरानो हुने थियो र !’ हाँस्ताहाँस्तै भित्र मुटु छुने वेदनाले गर्दा उनले चिसो खुइय काढिन् ।

‘यो मनमाया पोइ नपाएर मर्न लागी, तँलाई पनि यसैसाल गोरु नखोजी कहाँ हुन्छ र ! म तेरी आमालाई भन्दिन्छु है’ आमाले मनमायालाई अँगालोमा बाँधेर भनिन् ।

सबै तरुनीहरू बिदा भएपछि खानपिन सुरु भयो र सकियो पनि । रातको प्रथम प्रहर सुरु हुँदानहुँदै रनमाया खसमको कोठामा पुगेकी थिई । सोह्र दिन बितेपछि पनि उसलाई त्यत्तिकै लाज लागिरहेको थियो ।

गोपालले आफ्नी नवविवाहिता पत्नीलाई टाउकोदेखि खुट्टासम्म हेर्योब । ‘रनमाया साँच्चै सुन्दरी हो’ यस्ती सुन्दरी पत्नी पाएकोमा गोपाललाई गर्वको अनुभूति भयो । रनमाया रूपकी मात्र सुन्दरी थिइन, उ स्वभावकी झनै परम सुन्दरी थिई । गोपालको मनमा विराजमान रनमायाको रूपले उसको सारा संसारमा राज्य गर्न लाग्यो । गोपालले थाहै नपाई रनमायाले उसमाथि राज्य नै गर्दा पनि गोपाल भने झन् परमानन्दमा पुग्न लाग्यो ।


ल सुनम है त !



रनमाया

खण्ड-1

खण्ड-2

खण्ड-3

खण्ड-4

खण्ड-5

खण्ड-6

खण्ड-7

खण्ड-8

खण्ड-9

खण्ड-10

खण्ड-11

खण्ड-12

खण्ड-13

खण्ड-14



- आ'बिष'

No comments:

Post a Comment

Please leave me comments and your suggestions.... it will be source of encouragement to me. Thank you.